सर्लाहीमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर मजदुरको मृत्यु
सर्लाही, – सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ।
धन्कौल गाउँपालिका–३, अन्नपूर्ण चिनी उद्योगमा कार्यरत धन्कौल–४, महिनाथपुरका १९ वर्षीय चुनचुन राय मेसिनमा काम गर्ने क्रममा च्यापिएका थिए। प्रहरीका अनुसार राय घटनास्थलमै मृत्यु भएका थिए।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार, मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्वामा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।