बालेनले गरे पाथिभरा माताको दर्शन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पाथिभरा माताको दर्शन गरेका छन्। बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेन शुक्रबार बिहान पाथिभरा मन्दिरमा दर्शन गर्न पुगेका हुन्।
झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका बालेन इलाम र पाँचथर हुँदै चुनावी अभियानका क्रममा ताप्लेजुङ पुगेका थिए।