बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते
बैतडी, – दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर आज बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार मृतक तथा घाइतेहरूको पहिचान हालसम्म हुन सकेको छैन। घाइतेहरूलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ।
दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।