सुदन गुरुङ: “गोली पहिला चलेको, त्यसपछि सिंहदरबार जलेको”
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका सुदन गुरुङले जेनजी आन्दोलनबारे नयाँ दाबी गरेका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेख्दै तत्कालीन सरकारले आन्दोलनकारी युवाहरूलाई पहिले गोली हानेपछि मात्र सिंहदरबार जलेको बताएका छन्।
गुरुङले भने, “गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो। बच्चाहरू सुरुमा ढलेका हो, त्यसपछि मात्र संरचना बलेको हो। स्मरण रहोस्!”
उनको यो अभिव्यक्तिले जेनजी आन्दोलनको क्रममा भएको हिंसा र संरचनागत क्षतिको समयक्रमबारे फेरि बहसलाई उजागर गरेको छ।