इलाममा अटो दुर्घटनामा एकको मृत्यु
इलाम, २२ माघ २०८२ – इलामको देउमाईमा आज बिहान अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जितपुरबाट मङ्गलबारेतर्फ जाँदै गरेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा १८ वर्षीय युनिश लुइँटेल (देउमाई नगरपालिका–५, धुसेनी) गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।