प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन राष्ट्रियसभाका तीन सांसदले राजीनामा
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रियसभाका तीन सांसदले आइतबार राजीनामा दिएका छन्।
नेकपा नेताहरू नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले प्रतिनिधिसभामा टिकट पाउँदा राष्ट्रिय सभा सदस्यको पदबाट राजीनामा दिएका हुन्। नेकपा एमालेकी सदस्य भगवती न्यौपानेले पनि पदबाट राजीनामा दिएकी छन्।
वामदेव गौतम २०७४ सालमा एमालेबाट बर्दिया क्षेत्र नम्बर १ बाट उठेका थिए र पराजित भएपनि यसपटक नेकपा टिकट लिएर प्रतिनिधिसभा उम्मेदवार बनेका छन्।
गृहजिल्ला गोरखामा पराजित भएका नारायणकाजी श्रेष्ठ यस पटक सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएका छन्।
उता भगवती न्यौपानेलाई एमालेले तनहुँ १ बाट प्रतिनिधिसभा उम्मेदवारका रूपमा टिकट दिएको छ।
तीनै सांसदको राजीनामा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वीकृत गरेका छन्।