थाइल्याण्डमा क्रेन खस्दा रेल दुर्घटना, कम्तीमा २२ जनाको मृत्यु
काठमाडौं, ३० पुस । बैंककबाट उत्तर-पूर्वतर्फ जाँदै गरेको यात्रुवाहक रेलमा निर्माणाधीन क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन्।
दुर्घटना बुधबार बिहान बैंककबाट २३० किलोमिटर उत्तर-पूर्वमा पर्ने नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा भएको हो। रेल उबोन रत्चाथानी प्रान्ततर्फ जाँदै थियो।
स्थानीय रिपोर्टका अनुसार, उच्च गतिको रेल मार्ग निर्माण भइरहेको स्थानमा माथिबाट काम गरिरहेको क्रेन रेलमा खस्दा रेल लिकबाट बाहिरिएको थियो र केही समयपछि आगलागीसमेत भएको थियो।
प्रहरी र उद्धार टोलीले घटनास्थलमा उद्धार कार्य जारी राखेको छ। प्रारम्भिक रिपोर्टमा मृतक संख्या कम देखिएको भए पनि पछि बढेर २२ पुगेको र अझै बढ्न सक्ने अनुमान गरिएको छ।