कांग्रेसको आधिकारिक केन्द्रीय समिति बैठक सुरु
गगन थापा नेतृत्वको आधिकारिक कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा शनिबार मध्याह्न सवा १२ बजे बैठक सुरु भएको हो ।
विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले शुक्रबार आधिकारिकता दिएको थियो ।
आजको बैठकले पार्टीको अबको रणनीतिबारे छलफल गरी आवश्यक निर्णय गर्ने बताइएको छ ।