रास्वपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारी आवेदन खुलायो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारीका लागि आवेदन खुलाएको छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन चाहनेका लागि उम्मेदवारी दर्ताको समय तोकिएको रास्वपाले जनाएको छ।
पार्टीले मंगलबार सूचना जारी गर्दै पुस २६ गते राति १२ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जानकारी दिएको हो। उम्मेदवारी पार्टीको मोबाइल एपमार्फत पेस गर्न सकिने व्यवस्था गरिएको छ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने कार्यक्रम रहेको छ। रास्वपाले आन्तरिक प्रक्रिया पूरा गरी प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने जनाएको छ।