नेपाली कांग्रेसले उम्मेदवार टुंग्याउन संसदीय बोर्डको बैठक बोलायो
५ माघ, काठमाडौं — नेपाली कांग्रेसले प्रतिनिधि सभाको उम्मेदवार टुंगो लगाउन संसदीय बोर्डको बैठक बोलाएको छ। सभापति गगनकुमार थापाको नेतृत्वमा बिहान ११ बजेदेखि बस्ने बैठकमा उम्मेदवार छनोटको अन्तिम निर्णय हुने संसदीय बोर्डका एक सदस्यले जानकारी दिएका छन्।
संसदीय बोर्डमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री रहेका छन्। पार्टीले सबै पक्षलाई समेटेर टिकट बाँडफाँट गर्ने तयारी गरेको छ।
यसअघि निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाको पक्षबीच टिकट वितरणका लागि हिजोदेखि संवाद चलिरहेको थियो।