देउवाले कांग्रेस नेताहरूलाई बैठकका लागि बोलाए
२१ पुस, काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवादबारे छलफल गर्न आफू निकटका वर्तमान र पूर्व पदाधिकारीहरूलाई बैठकका लागि बोलाएका छन्।
बैठक दिउँसो २ बजे देउवा निवास महाराजगञ्जमा हुने बताइएको छ। विशेष महाधिवेशन गर्ने पक्ष र नियमित महाधिवेशन पक्षबीचको विवादका विषयमा छलफल हुने अनुमान छ।
कार्यसम्पादन समितिले वैशाख २८–३१ गते १५ औँ महाधिवेशनको कार्यतालिका पारित गरिसकेको छ भने विशेष महाधिवेशन पक्षधरहरू यही महिनाको अन्तिम साता विशेष महाधिवेशन गर्न दबाब दिइरहेका छन्।