झापा–५ मा बालेन्द्र शाह र केपी ओलीबीच प्रत्यक्ष भिडन्त, उम्मेदवारी दर्ता आज
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउन आज झापा–५ पुगेका छन्।
उनको सचिवालयका अनुसार शाहले बिहान ११ बजेपछि सो निर्वाचन क्षेत्रबाट औपचारिक रूपमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।
उही क्षेत्रबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्। ओली दिउँसो २ बजे निर्वाचन कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गर्ने कार्यक्रममा छन्।