रास्वपा नेता बालेन साह इलाममा भ्रमणमा
इलाम, बिहीबार – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन साह इलाम पुगेका छन्।
इलाम आगमनमा बालेन साहले इलाम–१ का रास्वपा उम्मेदवार विमल गदाल र इलाम–२ का उम्मेदवार गोकुलबहादुर राईसँग इलाम सदरमुकाम इलाम बजारमा भेटघाट गरेका थिए। उनका समर्थक र स्थानीय नागरिकले उनलाई स्वागत गर्दै फोटो खिच्न र हात मिलाउन भेला भएका थिए।
बालेन साह आजै पाँचथर पुग्ने कार्यक्रमअनुसार पाँचथर सदरमुकाम फिदिममा आयोजित कार्यक्रममा उपस्थित हुने योजना बनाएको पार्टी स्रोतले जानकारी दिएको छ।