कांग्रेस नेता खड्का र एमाले नेता अधिकारी रास्वपामा प्रवेश
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कुमार खड्का र एमाले नेता तथा पर्यटन व्यवसायी पुष्प अधिकारी सहितका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । शनिबार पोखरामा आयोजित कार्यक्रममा उनीहरू पार्टी प्रवेश गरेका हुन् ।
खड्का अखण्ड नेपाल पार्टी हुँदै कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसले पछिल्लो पटक पार्टी उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा उनलाई निष्कासन गरेको थियो । उनी अखण्डमा हुँदा महिला बालबालिका मन्त्री बनेका थिए भने कांग्रेस प्रवेश गरेपछि प्रदेशको भौतिक पूर्वाधार मन्त्री भएका थिए ।
पुष्प रुपाकोट रिसोर्टका सञ्चालक हुन् । सोही कार्यक्रममा लायन्स नेता मिलन थापा पनि कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका छन् । उनीहरूलाई रास्वपा उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिश झा लगायतले पार्टीमा स्वागत गरेका छन् ।