नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले आज जारी गरेको विज्ञप्तिअनुसार बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपा ललितपुरमा आयोजना हुनेछ।
केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन निर्देशनअनुसार अनुरोध गरिएको छ। बैठकमा समसामयिक राजनीतिक अवस्था तथा पार्टीका आन्तरिक विषयमा छलफल हुने बताइएको छ।