जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहद्वारा आज प्रदर्शन
काठमाडौं । जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाको नेतृत्वमा रहेको समूहले आज प्रदर्शन गर्ने भएको छ। भदौ २३ र २४ गते भएको विद्रोहपछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पूर्ण रूपमा असफल भइसकेको आरोप लगाउँदै उनीहरूले आन्दोलन गर्न लागेको जनाएका छन्।
समूहका अनुसार अन्तरिम सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको, सुशासन, न्याय र आर्थिक सुधारका क्षेत्रमा ठोस उपलब्धि देखाउन असफल भएको कारण प्रदर्शनको कार्यक्रम तय गरिएको हो।
प्रदर्शनका क्रममा सरकारको असफलताविरुद्ध नाराबाजी तथा शान्तिपूर्ण विरोध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। आन्दोलनको विस्तृत कार्यक्रम र स्थानबारे जानकारी भने केही समयपछि सार्वजनिक गरिने बताइएको छ।
सुरक्षा निकायले सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ।