नेकपा एमालेको केन्द्रीय सदस्यमा ४० वर्ष मुनिका १५ युवा निर्वाचित
काठमाडौं, पुस ३ — नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यमा ४० वर्ष मुनिका १५ जना युवा विभिन्न क्लस्टरबाट निर्वाचित भएका छन्। पार्टीको समावेशी संरचना अनुसार प्रदेश, जातीय तथा खुला क्लस्टरबाट युवाको उल्लेख्य सहभागिता देखिएको छ।
प्रदेशगत रूपमा सुदूरपश्चिमबाट गोविन्द गिरी, कर्णालीबाट रुद्रबहादुर शाही, लुम्बिनीबाट लिलामणि गौतम, गण्डकीबाट नवराज ओझा, बागमतीबाट निशा अधिकारी, मधेशबाट मोबिन आलम र कोशीबाट क्षितिज थेवे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
राजधानी विशेष क्लस्टरबाट सुनिता डंगोल निर्वाचित हुँदा आदिवासी जनजातितर्फ मनोत ताम्ली र सम्राट गौचन, मधेशीतर्फ अमरकुमार यादव र रोनित साह तथा दलिततर्फ निता घतानी चयन भएका छन्।
यस्तै, खुला क्लस्टरअन्तर्गत ४० वर्ष मुनिका नरेश रोकाया र सुशीलकुमार थापा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
नवनिर्वाचित ४० वर्ष मुनिका केन्द्रीय सदस्यहरू यसप्रकार छन्:
गोविन्द गिरी (सुदूरपश्चिम)
रुद्रबहादुर शाही (कर्णाली)
लिलामणि गौतम (लुम्बिनी)
नवराज ओझा (गण्डकी)
निशा अधिकारी (बागमती)
मोबिन आलम (मधेश)
क्षितिज थेवे (कोशी)
सुनिता डंगोल (राजधानी विशेष)
मनोत ताम्ली (आदिवासी जनजाति)
सम्राट गौचन (आदिवासी जनजाति)
अमरकुमार यादव (मधेशी)
रोनित साह (मधेशी)
निता घतानी (दलित)
नरेश रोकाया (खुला)
सुशीलकुमार थापा (खुला)
यस निर्वाचनसँगै एमाले केन्द्रीय कमिटीमा युवाको सहभागिता थप सुदृढ भएको छ।