कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन
कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन भएको छ । कतारको अमिरी दिवानले दिएको जानकारी अनुसार वर्तमान अमिरका पिता अल थानीको ७४ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।
अल थानीको निधनको शोकमा कतारमा सोमबारदेखि चार दिने शोकको घोषणा गरिएको छ । सोमबारदेखि कतारमा चार दिन शोकबिदा दिइएको छ भने झण्डा आधा झुकाइने छ ।
अल थानीले सन् १९९५ देखि सन् २०१३ सम्म कतारको शासन गरेका थिए । उनलाई कतारको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासको जस दिने गरिन्छ ।
उनकै शासनकालमा सन् २००४ मा कतारमा पहिलो स्थायी संविधान जारी गरिएको थियो । महिलालाई समेत मताधिकार दिने तथा निर्वाचनमा उम्मेदवार बन्नसक्ने प्रावधानका कारण उक्त संविधानलाई प्रगतिशील मानिन्छ । सन् २०१३ मा उनले आफ्ना ३३ वर्षका छोरा शेख तमिम बिन हमाद अल थानीलाई सत्ता हस्तान्तरण गरेका थिए ।