अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको निधन
अमेरिकी रिपब्लिकन पार्टीका वरिष्ठ सिनेटर तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी लिन्ड्से ग्राहमको ७१ वर्षको उमेरमा निधन भएको छ । शनिबार साँझ छोटो र अचानक देखिएको स्वास्थ्य समस्याका कारण ग्राहमको निधन भएको उनको कार्यालयका सञ्चार निर्देशकले जानकारी दिएका छन् ।
परिवारले यस दुःखद घडीमा गोपनीयताको सम्मान गर्न र प्रार्थना गर्न आग्रह गरेको छ । लिन्ड्से ग्राहम सन् २००२ मा पहिलो पटक अमेरिकी सिनेटमा निर्वाचित भएका थिए । त्यसपछि उनी २००८, २०१४ र २०२० मा पुनः निर्वाचित भए ।
यसअघि उनले १९९४ देखि दक्षिण क्यारोलिनाको तेस्रो निर्वाचन क्षेत्रबाट अमेरिकी प्रतिनिधिसभाका सदस्यका रूपमा पनि सेवा गरेका थिए । ग्राहम हालै सिनेट बजेट समितिका अध्यक्ष पनि थिए । साथै उनले सिनेट विनियोजन समिति, सिनेट न्यायिक समिति र सिनेट वातावरण तथा सार्वजनिक निर्माण समितिमा पनि सदस्यका रूपमा काम गरेका थिए ।
विदेश नीतिमा उनी निकै प्रभावशाली मानिन्थे । उनले सन् २००३ मा इराकमाथिको अमेरिकी आक्रमणलाई समर्थन गरेका थिए र लामो समयदेखि इरानविरुद्ध सैन्य कारबाहीको पक्षमा उभिएका थिए । उनी इजरायलका बलिया समर्थक मानिन्थे र राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसम्बन्धी नीतिलाई पनि समर्थन गर्दै आएका थिए । इजरायलको रक्षा मन्त्रालयले ग्राहमको निधनप्रति दुःख व्यक्त गर्दै कठिन समयमा इजरायलको साथमा उभिने नेताको रूपमा उनको स्मरण गरेको छ ।
सन् २०१६ मा ग्राहकले रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारीका लागि प्रयास गरेका थिए । प्रारम्भमा ट्रम्पका आलोचक रहेका ग्राहम पछि अमेरिकी कङ्ग्रेसमा ट्रम्पका सबैभन्दा निकट सहयोगीमध्ये एक बने ।
राजनीतिमा आउनुअघि ग्राहमले अमेरिकी वायुसेनाका कानुनी अधिकृतका रूपमा छ वर्षभन्दा बढी सेवा गरेका थिए । त्यसपछि उनी सन् १९९५ मा वायुसेनाको रिजर्भ फोर्समा आबद्ध भएका र करिब २० वर्ष सेवा गरेपछि कर्नेल पदबाट अवकाश लिएका थिए ।