मेयर बालेन्द्र शाहका पिता रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं, १५ मंसिर – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का पिता रामनारायण शाहको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। ७७ वर्षको उमेरमा लामो समयदेखि मधुमेह र पिसाब संक्रमण सम्बन्धी स्वास्थ्य समस्याबाट पीडित रामनारायण शाहको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा मध्यान्ह १२ बजेर २० मिनेटमा निधन भएको अस्पतालले जनाएको छ।
दाहसंस्कारका बेला मेयर बालेन भावविह्वल देखिएका थिए। यसै क्रममा प्रधानमन्त्री सुशीला कार्की, ऊर्जा, शहरी एवं भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायत सरकारका अन्य मन्त्री, नेता तथा समर्थकहरू अस्पतालदेखि आर्यघाटसम्म पुगेका थिए।
रामनारायण शाहको निधनले मेयर बालेन र परिवारमा गहिरो शोक छाएको छ।