संयुक्त राष्ट्रले युक्रेनी बालबालिकाको जबरजस्ती स्थानान्तरणविरुद्ध प्रस्ताव पारित
काठमाडौं, ४ डिसेम्बर – संयुक्त राष्ट्रसङ्घीय महासभाले युक्रेनी बालबालिकाहरुलाई जबरजस्ती रूसमा नराखी तत्काल, सुरक्षित र बिना शर्त फिर्ता गर्न आह्वान गर्दै एक महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। महासभाले यस विषयलाई किभ र मस्कोबीचको सम्भावित शान्ति सम्झौताको सबैभन्दा संवेदनशील मुद्दा भएको बताएको छ।
महासभाको प्रस्तावलाई ९१ देशले समर्थन गरेको छ भने रूससहित १२ देशले विरोध र ५७ देश अनुपस्थित रहेका छन्। प्रस्तावमा मस्कोलाई निर्दोष बालबालिकाको जबरजस्ती स्थानान्तरण, निर्वासन र पारिवार विहिनता रोक्न, साथै पालनपोषणको माध्यमबाट बालबालिकाको कानुनी स्थिति परिवर्तन नगर्न आह्वान गरिएको छ।
युक्रेनी उप–विदेशमन्त्री मारियाना बेत्साले महासभामा रूसले युद्ध सुरु भएदेखि कम्तिमा २० हजार युक्रेनी बच्चाहरूलाई अपहरण गरेको उल्लेख गर्दै हालसम्म १,८५० भन्दा बढी बालबालिका युक्रेन फर्काइएको जानकारी दिइन्। उनले भने, "युक्रेनी बालबालिकाहरु तत्काल बिना शर्त घर फर्किए मात्र युक्रेनमा न्यायपूर्ण शान्ति सम्भव छ।"
यस प्रस्तावको प्रतिक्रियामा, रूसी उप–राजदूत मारिया जाबोलोत्स्कायाले यसलाई अस्वीकार गर्दै प्रस्तावमा लगाइएका आरोप झूटो भएको दाबी गर्दै विरोध जनाएकी छन्।