रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही प्रस्थान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही प्रस्थान गरेका छन्।
पार्टी स्रोतका अनुसार कानुनी प्रक्रिया पूरा गर्न उनी आज रुपन्देही जाने कार्यक्रम तय भएको हो। रिहाइसम्बन्धी आवश्यक कागजात तथा प्रक्रिया त्यहीँबाट अघि बढाइने जनाइएको छ।
उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले लामिछानेलाई दुई करोड ६८ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो। अदालतले बुझाइएको धरौटी रकम स्वीकार गरेपछि उनको रिहाइ प्रक्रिया अघि बढेको हो।
पूर्जी लिएपछि लामिछाने औपचारिक रूपमा रिहा हुनेछन्। अदालतको आदेशअनुसार अब उनी भैरहवा पुगेर आवश्यक प्रक्रिया पूरा गर्नेछन्।