काठमाडौं बाफलमा दुई थान पेस्तोलसहित तीन जना पक्राउ
काठमाडौँ, १४ पुस – नागार्जुन नगरपालिका–४ बाफलबाट दुई थान पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं डल्लु बस्ने ३२ वर्षीय विकाश (झिल्के) शाही, मोरङको लेटाङ नगरपालिका–४ का २२ वर्षीय शाहिल तिवारी र बाफल बस्ने ३३ वर्षीय जस्वन (अश्विन) राई रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरूबाट सीएफ ९८ लेखिएका दुई थान पेस्तोल, तीन थान म्याग्जिन, दुई राउन्ड गोली र दुई थान खोका बरामद गरिएको छ।