सरकारले बैकुण्ठ प्रसाद अर्याललाई सचिवमा बढुवा
१५ मंसिर, काठमाडौं । सरकारले बैकुण्ठ प्रसाद अर्याललाई सचिव पदमा बढुवा गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार अर्यालको अनुभव, कार्यक्षमता र प्रशासनिक नेतृत्वलाई मूल्यांकन गर्दै सचिवमा बढुवा गरिएको हो।
हाल अर्याल सुदूरपश्चिम प्रदेश सरकारका कामु प्रमुख सचिवका रूपमा कार्यरत छन्। बढुवापछि अब उनले संघीय प्रशासनमा नयाँ जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको छ।
यससँगै संघीय प्रशासनमा सचिव पदमा नयाँ नेतृत्व थपिएको छ।