मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै
काठमाडौं, ४ पुस । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन्।
प्रदेश सभा सचिव बासुप्रसाद कोइरालाका अनुसार आज दिउँसो ४ बजे प्रदेश सभाको बैठक बस्नेछ। बैठकमा मुख्यमन्त्री यादवले प्रदेश सभासमक्ष विश्वासको मत माग्ने कार्यसूची रहेको छ।
यादव गत मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि उनले विश्वासको मत लिन लागेका हुन्।
संविधानअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।