काठमाडौंमा नक्कली सुन ठगी, चार जना पक्राउ
काठमाडौँ, १४ पुस – सक्कली सुन भन्दै नक्कली सुन दिएका चार जनालाई पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा मकवानपुर घर भएका ४५ वर्षीय सुकुमान सिंह बस्नेत, ४८ वर्षीय राजेन्द्र तामाङ, ५३ वर्षीय वीरबहादुर तामाङ (बिवासित स्याङ्तान) र नवलपरासी घर भएका ४२ वर्षीय जीतबहादुर तामाङ छन्।
उनीहरूलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको हो। घटना कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा ८ पुसमा भएको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो।
पक्राउ परेकाहरूविरुद्ध ठगी कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।