उज्यालो नेपालका कुलमान घिसिङ रास्वपासँग पुनः संवादमा
काठमाडौँ, १४ पुस – उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ फेरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जुटेका छन्।
पछिल्लोपटक भएका छलफल निष्कर्षविहीन रहँदा वार्ता ठप्प भएको थियो। तर हाल उनी पुनः छलफलका लागि सक्रिय भएको पार्टीका एक नेताले अनलाइनखबरलाई जानकारी दिएका छन्।