जेनजी आन्दोलनमा हतियार जोगाउन नसकेको आरोपमा डीएसपी कारबाही सिफारिस
१५ मंसिर, काठमाडौं — जेनजी आन्दोलनका क्रममा हातहतियार र कार्यालय सुरक्षित राख्न असफल भएको ठहर गर्दै सशस्त्र प्रहरी बलका एक डीएसपीमाथि विभागीय कारबाही सिफारिस गरिएको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिन समितिको प्रतिवेदनका आधारमा नयाँ बानेश्वरस्थित सुरक्षा बेसका तत्कालीन इन्चार्ज डीएसपी गौतम कुँवरलाई कारबाहीको सिफारिस गरिएको सशस्त्र हेडक्वाटर स्रोतले पुष्टि गरेको छ।
छानबिनमा डीएसपी कुँवर मातहत रहेको कार्यालयमा भएका १४ थान एसएलआर हतियार २३ र २४ भदौको आन्दोलनका क्रममा प्रदर्शनकारीले जलाएको आरोप प्रमाणित भएको उल्लेख छ। कार्यालय र हतियारको सुरक्षा सुनिश्चित गर्न नसकेको भन्दै उनी विभागीय कारबाहीको दायरा भित्रिएका हुन्।
अन्य स्थानमा सशस्त्र प्रहरीको क्षति नदेखिए पनि केही अन्य कमान्डरहरू पनि कारबाही सिफारिसमा परेको स्रोतले जनाएको छ।
कुँवरमाथि سशस्त्र प्रहरी नियमावलीअनुसार विभागीय कारबाही हुने बताइए पनि के प्रकारको कारबाही हुनेछ भन्ने भने खुलाइएको छैन।