प्रतिनिधिसभा निर्वाचन: समानुपातिक बन्दसूची बुझाउने दलको संख्या ७ पुगे
काठमाडौँ, १४ पुस – फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको छ।
आयोगका अनुसार हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनप्रीय लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), जसपा नेपाल र गतिशिल लोकतान्त्रिक पार्टीले आफ्ना उम्मेदवारहरूको बन्दसूची बुझाइसकेका छन्।
नेमकिपा, राष्ट्रिय जनमोर्चा र जसपा नेपालले १ सय १० जनाको सूची पेश गरेका छन् भने नेपाल लोकतान्त्रिक पार्टीले १२, जनप्रिय लोकतान्त्रिक पार्टीले १२, नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादीले २० र गतिशिल लोकतान्त्रिक पार्टीले ११ जनाको सूची आयोगमा बुझाएको छ।
आज समानुपातिक सूची बुझाउने अन्तिम दिन रहेको छ।