म्याग्दीमा वकिल केसीद्वारा गलेश्वर अन्न क्षेत्रमा एक लाख सहयोग
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका वकिल केसीले बेनी नगरपालिका–९ गलेश्वरधामस्थित गलेश्वर पुलस्त्यपुलह अन्न क्षेत्रलाई रु १ लाख सहयोग गरेका छन्। अन्न क्षेत्रले ज्येष्ठ नागरिक, तीर्थयात्री, विपन्न तथा बेसाहारालाई निःशुल्क भोजन प्रदान गर्दै आएको छ।
सहयोग रकमबाट बुधबार गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमका ४० ज्येष्ठ नागरिक र जडभरत शालीग्राम संस्कृत विद्यालयका पाँच वटुक विद्यार्थीलाई भोजन गराइएको थियो। उक्त भोजनका लागि रु २४ हजार खर्च भएको र बाँकी रकम अन्न क्षेत्रको बैंक खातामा जम्मा गरिने जनाइएको छ।
अन्न क्षेत्रले गौशाला सञ्चालनसँगै आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा विद्यार्थीलाई दैनिक भोजनको व्यवस्था गर्दै निरन्तर सेवा प्रदान गर्दै आएको छ।