भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्यमा समस्या, अस्पतालमा उपचाररत
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्यमा अचानक समस्या देखिएको छ।
शनिबार ललितपुरस्थित चम्पादेवी हाइकिङ गएका बेला बीच बाटोमै उनको स्वास्थ्यमा समस्या देखिएको हो। प्रहरी स्रोतका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।
त्यसपछि थप उपचारका लागि उनलाई ग्रान्डी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। स्रोतका अनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।