कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच सहमति, उपसभापति बनाइने
४ पुस, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच सहमति भएको छ। सहमतिअनुसार कुलमान घिसिङलाई पार्टीको उपसभापति बनाइने भएको छ।
स्रोतका अनुसार दुवै पक्षबीच सहमतिको ड्राफ्टमा हस्ताक्षर प्रक्रिया अघि बढिरहेको छ। साथै, समानुपातिकतर्फ १८ जना सांसद कुलमान घिसिङको टिमबाट समावेश गर्ने सहमति पनि भएको छ।
यसअघि पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुने सहमति भइसकेको थियो। उक्त सहमतिप्रति असन्तुष्ट देखिएका कुलमान घिसिङसँग पटक–पटक छलफल भएको बताइएको छ।
सोमबार काठमाडौंमा भएको पुनः छलफलपछि अन्ततः सहमति जुटेको हो।