काठमाडौँ मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन
काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ।
उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। अस्पताल स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो।
सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की समेत शाहलाई भेट्न अस्पताल पुगेकी थिइन्।