नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार सूची अनुमोदन
काठमाडौँ, १४ पुस – नेपाली कांग्रेसले सातै प्रदेशबाट आएका समानुपातिक सांसद उम्मेदवारको सूची अनुमोदन गरेको छ।
कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश समितिबाट आएका नामहरू अनुमोदन गरेको हो। अनुमोदनपछि बैठक दुई घण्टाका लागि स्थगित गरिएको छ।
थापाले बताए अनुसार, बैठक पुनः बस्नेबित्तिकै समानुपातिक उम्मेदवारको नाम सार्वजनिक गरिनेछ र त्यसपछि निर्वाचन आयोगमा पेश गरिनेछ। फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ र आज नै समानुपातिक सूची बुझाउने अन्तिम दिन हो।