एम्बुलेन्स र व्यक्तिगत रूपमा १०३ किलो गाँजा बरामद, दुई जना पक्राउ
चितवन — हरिवन र लालबन्दी क्षेत्रमा प्रहरीले गरी १०३ किलो गाँजा बरामद गरेको छ। हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेको एम्बुलेन्स आइतबार बिहान नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार, नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता ज १ च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो। एम्बुलेन्स चालक ३७ वर्षीय सुरेन्द्र राय यादव रौतहटको यमुनामाई गाउँपालिका–४ का हुन् र उनलाई पनि पक्राउ गरिएको छ।
यस्तै, लालबन्दी नगरपालिका–११ हिरापुरबाट २५ वर्षीय गङ्गाबहादुर वाइवालालाई ५२ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ।