भोजपुर : होम्ताङमा एम्बुलेन्स दुर्घटना — चालक र स्वास्थ्य शाखा प्रमुख गम्भीर घाइते
भोजपुर — हतुवागढी गाउँपालिका–६, होम्ताङमा आज बिहान एक एम्बुलेन्स दुर्घटना भएको छ। दुर्घटनामा सो एम्बुलेन्सका चालक सञ्जीव राई र स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका छन्।
प्रदेश १–०२–००१ झ ०७३७ नम्बरको ती एम्बुलेन्स होम्ताङबाट बिरामी होम्ताङ पुगेपछि, पुनः घोडेटार फर्किने क्रममा बिहान करिब पौने दश बजेतिर दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ।
घाइते दुवैजनालाई उत्तिकै अवस्थामा हेलिकप्टरमार्फत थप उपचारका लागि पठाउने तयारी भइरहेको छ, स्थानीय वडाध्यक्ष सुरेशकुमार राई ले जानकारी दिएका छन्।