सुनको भाउ एकैदिन ७ सयले उक्लियो, चाँदी भने २० रुपैयाँले सस्तियो
२२ मंसिर, काठमाडौं । सातैपटक उतार–चढावमा रहेका बहुमूल्य धातुको बजारमा सोमबार सुनको भाउ तीव्र रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ सय रुपैयाँले उक्लिएर २ लाख ५२ हजार ९ सय रुपैयाँमा पुगेको छ। आइतबार यसै धातुको मूल्य २ लाख ५२ हजार २ सय रुपैयाँ थियो।
पछिल्ला केही दिनयता सुनको भाउमा सामान्य घटबढ भइरहे पनि असोज ३१ गते तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्य कायम भएको थियो।
सुन बढेको दिन चाँदी भने सस्तिएको छ। आइतबार प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँले घटेर ३ हजार ५८५ रुपैयाँमा झरेको छ। गत बुधबार चाँदी ३ हजार ६५५ रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।