नेपाल एयरलाइन्सका चालक दल सदस्य दोहामा सुन तस्करी आरोपमा पक्राउ
काठमाडौँ — नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई सुन तस्करीको आरोपमा दोहामा पक्राउ गरिएको छ। नोभेम्बर २९ मा उडान नम्बर आरए २४० मार्फत दोहाबाट काठमाडौं आइरहेको विमानमा उनलाई दोहा विमानस्थल भन्सार जाँचका क्रममा आठ तोला सुनसहित फेला पारी नियन्त्रणमा लिइएको हो।
पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको जनाइएको छ। उक्त घटनाका कारण उडान लगभग ३५ मिनेटका लागि रोकिएको थियो। नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले यसबारे पुष्टि गरेका छन्।
नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले भने, “मलाई आधिकारिक रूपमा यसबारे जानकारी छैन, त्यसैले आधिकारिक नभई मैले बोल्न मिल्दैन।”