प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा कांग्रेस र एमालेका बहुमत निवर्तमान सांसदको हस्ताक्षर
नेपाली कांग्रेस र नेकपा एमालेले विघटित प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा निवर्तमान सांसदहरूको बहुमत हस्ताक्षर संकलन गरेका छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ सांसदको हस्ताक्षर आवश्यक हुन्छ। एमालेले ७५ र कांग्रेसले ६६ सांसदको हस्ताक्षर जुटाएका छन्।
एमालेले आफ्नो रिटसहित हस्ताक्षर सर्वोच्च अदालतमा बुझाइसकेको छ भने कांग्रेसले पहिले दायर भएको रिटमा समर्थन जनाउन थप हस्ताक्षर बुझाउने तयारी गरिरहेको छ। दुवै दलले प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै आपसी समन्वयमा अघि बढिरहेको बताएका छन्।