माैलिक कला उजागर गर्दै उज्यालो युवा क्लब जलेखर्क (ब्राथाम) मेला २०८२
सल्यानकाे दार्मा ५ र बागचाैर ४ अबस्थित ब्राथाम (जलेखर्क) मा यसवर्ष उज्यालो युवा क्लब अनाैपचारिक कार्यक्रम सम्पन्न गरेको छ।
सल्यान काे दार्मा ५ बछेला बाट सञ्चालित उज्यालो युवा क्लबले स्थानीय मेलामा देखाउन छाेडिएका स्थानीय संस्कृति उजागरका साथमा मेलाको अवसर पारेर सल्यान रुकुम का स्थानीय कलाकार लाई अनाैपचारिक निमन्त्रणा गरेर मेलालाई धेरै वर्षपछि माैलिकता सँग रमझम गराउने जमर्को गरिएको क्लबले जनाएको छ।
निमन्त्रणा सुइकारेर उपस्थित भइ संस्कृति प्रदर्शन गर्नु हुने र सञ्चारकर्मी लाई समेत क्लबले समान पत्र सहित हासला बिदाइ गरेको थियो। उपस्थित स्थानीय हास्य कलाकार रुकुम रूँघा का केशरराज मगरको टिम सल्यान दार्मा काे नाेखिरामकाे टिम पत्रकार रेडियो समावेशी स्टेसन म्यानेजर हिरालाल केसी दियालाे अनलाइन डट कमका सञ्चालक समाजसेवी दिपक ओली सहित ७ जनालाई समान पत्र दिएको थियो।
क्लब का सचिव घनराज खड्का कला संस्कृति संयाेजक टेकबहादुर केसी र सदस्य गणेश खड्काकाे उपस्थितमा यो कार्यक्रम सम्पन्न गरिएको सचिव खड्काले जानकारी दिनु भएको छ।
