राष्ट्रिय परिचयपत्र विभागको वेबसाइट ह्याक, डाटा सुरक्षित
२ मंसिर, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको आधिकारिक वेबसाइट ह्याक भएको पुष्टि गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गरेका छन्।
काफ्लेले अनलाइनखबरसँग भने, “साइट ह्याक भएको छ। अहिले रिकभर गर्ने काम भइरहेको छ। डाटाहरू सुरक्षित रहेको बुझिएको छ।” हाल वेबसाइट खुल्दैन र ह्याक कसले कहाँबाट गर्यो भन्ने अनुसन्धान भइरहेको छ।
सुरुमा विभागको वेबसाइटमा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरिएको सूचना देखिएको थियो, तर अहिले उक्त सूचना हटाइएको छ।
निर्वाचन आयोगले हालै मतदाता नामावली संकलनको क्रममा राष्ट्रिय परिचयपत्रसँग विवरण जोड्ने काम गरेको भए पनि, कर्मचारीहरूले ह्याक भएको वेबसाइटमा कुनै संवेदनशील विवरण नरहेको बताएका छन्। विभागका एक कर्मचारीले भने, “यो सामान्य वेबसाइट हो, यहाँ रहेका सामान्य डकुमेन्टहरू सुरक्षित छन्।”