माइतीघरमा २०४७ सालको संविधान कार्यान्वयनको मागसहित प्रदर्शन
काठमाडौं – २०४७ सालको संविधान कार्यान्वयन गर्नुपर्ने मागसहित आइतबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले शिक्षा र स्वास्थ्य निःशुल्क बनाउनुपर्ने, रोजगारीको ग्यारेन्टी सुनिश्चित गर्नुपर्ने तथा २०४६ सालपछि श्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग उठाए।
यस्तै २०४६ सालयता सरकारी गुठी र शिक्षा क्षेत्रका जग्गा फिर्ता गरिनुपर्ने उनकाे माग थियो। प्रदर्शनकारीहरूले प्रत्येक जिल्लामा श्रम कारागार निर्माण, संवैधानिक राजसंस्था पुनःस्थापना तथा वैदिक सत्य सनातनी हिन्दु राज्यको व्यवस्था कायम गर्नुपर्ने माग पनि अघि सारेका छन्।
सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनका मुद्दाहरू उठाइएको यस प्रदर्शनले सरकारका नीतिगत संरचनामाथि पुनः बहस चलाउने संकेत दिएको छ।