ईश्वर कार्कीलाई एआईजी बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
८ मंसिर, काठमाडौं । नेपाल प्रहरीले रिक्त रहेको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा ईश्वर कार्कीलाई बढुवा गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको शिक्षामन्त्री महावीर पुनले जानकारी दिएका हुन्।
दानबहादुर कार्की प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएसँगै खाली भएको एआईजी पदका लागि गृह मन्त्रालयले ईश्वर कार्कीको नाम सिफारिस गरेको थियो। उनी यसअघिसम्म कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थिए।
यस निर्णयसँगै नेपाल प्रहरीको शीर्ष नेतृत्वमा फेरबदल हुँदै कार्की अब एआईजीका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।