धनगढीमा नेकपा एकता सन्देश सभा सुरु, प्रचण्ड–माधव नेपालले सम्बोधन गर्ने
१२ मंसिर, काठमाडौं — धनगढीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता सन्देश सभा सुरु भएको छ। सभा धनगढीको कर्भडहलमा आयोजित गरिएको छ।
सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताहरूले सम्बोधन गर्नेछन्। सभा सुरु हुनु अघि धनगढी चौराह र क्याम्पस चोकबाट प्रदर्शनार्थीहरूको र्याली पनि निकालिएको थियो।
पार्टीका नेताहरूले एकताबारे सन्देश दिनुका साथै स्थानीय सदस्य र समर्थकसँग संवाद गर्ने कार्यक्रम पनि सभामा समावेश गरिएको छ।