पोखरा एभेन्जर्स–सुदूरपश्चिम भिडन्त: एनपीएल सिजन २ को छैटौँ खेल आज
काठमांडू, २१ मंसिर – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत छैटौँ खेलमा पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस हारेर सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने अवसर पाएको छ।
जारी सिजनमा यी दुवै टिमको यो दोस्रो खेल हो। सुदूरपश्चिमले पहिलो खेलमा काठमाडौं गुर्खाजसँग २९ रनले हार बेहोरेको थियो भने पोखराले विराटनगर किङ्ससँग ५३ रनले पराजित भएको थियो।
दुवै टिमले पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन्।