संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज दिउँसो १ बजे
काठमाडौँ — राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ।
समितिको बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ। बैठकमा संघीय संसद्को आसन्न निर्वाचन तयारीका विषयमा निर्वाचन आयोग, नेपालसँग छलफल हुने कार्यक्रम रहेको छ।
समितिले आगामी निर्वाचनको निष्पक्षता, तयारीको अवस्था र आयोगको व्यवस्थापकीय तयारीबारे जानकारी लिन लागेको बताइएको छ।
बैठकमा आयोगका उच्च अधिकारीहरू सहभागी हुने र सांसदहरूले निर्वाचन व्यवस्थापनसँग सम्बन्धित प्रश्न उठाउने अपेक्षा गरिएको छ।