जसपा नेपालले पार्टी छाडेका नेता–कार्यकर्तालाई फर्किन आह्वान
काठमाडौँ — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी छाडेका नेता र कार्यकर्तालाई फेरि पार्टीमा फर्किन खुलेको ढोका भएको अपिल गरेका छन्।
ललितपुरको इमाडोलमा बिहीबार सम्पन्न केन्द्रीय समितिको बैठकले पनि यसै निर्णय गरेको छ। अध्यक्ष यादवले पार्टी छाडेका सबैलाई स्वागतयोग्य भएको बताए र कसैलाई सङ्कोच वा अप्ठ्यारो नमान्न आग्रह गरे।
पुनः फर्किने नेता–कार्यकर्तालाई उनीहरूको क्षमता, दक्षता र भूमिका अनुसार उचित जिम्मेवारी दिइने उनले बताए। जसपा नेपालले मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै पार्टीलाई थप सङ्गठित, समावेशी र बलियो बनाउने उद्देश्यले यस अभियानलाई प्राथमिकता दिने छ।