काठमाडौँमा रिभल्भरसहित एकजनालाई प्रहरीले पक्राउ गर्यो
काठमाडौँ — प्रहरीले एक थान रिभल्भरसहित सन्तोष गुरुङ नामक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोड बस्ने ३० वर्षीय सन्तोष गुरुङ रहेका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार, प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले उनलाई उक्त रिभल्भरसहित फेला पारी नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान जारी रहेको र थप विवरण पछि सार्वजनिक गरिने जनाएको छ।