काठमाडौंमा पत्रकार दिपेन्द्र खनियाँ मृत फेला
७ कात्तिक, काठमाडौं – बानेश्वरस्थित आफ्नै घरमा पत्रकार दिपेन्द्र खनियाँ मृत फेला परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, आइतबार मध्यान्ह १२ बजे बरन्डामा तारको पासो लगाएर झुन्डिएको अवस्थामा खनियाँको शव भेटिएको हो। घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।
खनियाँ रेडियो अडियो एफएमका सञ्चालक थिए। प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ।