राष्ट्र बैंकले नयाँ आधार वर्षसहित मुद्रास्फीति मापन प्रणाली सुधार्यो
काठमाडौं — नेपाल राष्ट्र बैंकले मुद्रास्फीति मापन प्रणालीमा सुधार गर्दै नयाँ आधार वर्ष २०८०/८१ लागू गरेको छ।पाँच दशकदेखि प्रयोग हुँदै आएको उपभोक्ता मूल्य सूचकांक (CPI)को गणना विधि, भौगोलिक कभरेज र वस्तुगत बास्केटलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परिमार्जन गरिएको हो।
अब ५२५ उपभोग्य वस्तु र सेवाको मूल्य ८७ बजार केन्द्रबाट संकलन हुनेछ। खाद्य वस्तुको भार घटेर ३५.४९ प्रतिशत भएको छ भने गैर–खाद्य र सेवाको भाग ६४.५१ प्रतिशत पुगेको छ। नयाँ प्रणालीले उपभोक्ताको वास्तविक खर्च प्रवृत्ति र क्षेत्रीय मूल्य चापलाई प्रतिबिम्बित गर्ने भएकाले मौद्रिक नीतिलाई थप प्रभावकारी बनाउने राष्ट्र बैंकको विश्वास छ।